महेन्द्रनगर ,२६,मंशिर

भीमदत्त नगरपालिका हाता भित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। "/>

बीनाले भनिन -जीवनको सबैभन्दा ठूलो खुसी आज म सँग छैन….

बीनाले भनिन -जीवनको सबैभन्दा ठूलो खुसी आज म सँग छैन….


महेन्द्रनगर ,२६,मंशिर

भीमदत्त नगरपालिका हाता भित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालय बाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिका भित्र प्रवेश गरिन् । छोरालाई साथमा लिएर निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी बीनाको अनुहार मलीन देखिन्थ्यो । आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेत्री बीना मगरको मुहारमा खुसी छाएको थिएन।
बीनालाई बधाई तथा शुभकामना दिनेहरूको लाम थियो। उनीहरूसँग सकी नसकी बोल्ने प्रयास गरिरहेकी थिइन् उनले। ‘आज ठूलो खुसीको दिन हो तर म खुसी हुन सकिरहेकी छैन’, बीनाले भनिन्, ‘मेरो जीवनको सबभन्दा ठूलो खुसी आज म सँग छैन।’ आफूले खुसीको यो क्षणमा जीवनसाथी प्रकाशलाई सम्झिरहेको भावुक मुद्रामा व्यक्त गरिन्। निर्वाचन प्रचारका क्रममा मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधनले पतिशोकमा परेकी बीना मगर विक्षिप्त भएकी थिइन्। पतिशोकका बेला धीत मरुन्जेल रुन पनि नपाई एक सातापछि चुनाव प्रचारमा होमिनु प‍रेको थियो । उनको यो पीडामा सबैले साथ दिए र आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले निर्वाचित भइन्।

बीनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुर क्षेत्र नं १ मा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बीना मगर ७ सय मतले पराजित भएकी थिइन्। ‘अब मैले यो क्षेत्रका जनताको भरोसालाई ध्यानमा राखेर काम गर्नेछु’, उनले भनिन्, ‘मेरो जीवन यही क्षेत्रको समग्र विकासका लागि केन्द्रित रहनेछ।’
अन्नपूर्णबाट

Logo