वर्ष २०२४ को च्याम्पियन्स लिग कस्ले जित्ला ? यस्ता छन् दावेदार क्लब [भिडियाे]

वर्ष २०२४ को च्याम्पियन्स लिग कस्ले जित्ला ? यस्ता छन् दावेदार क्लब [भिडियाे]

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। युरोपियन च्याम्पियन्स लिगको शुक्रबार क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

यो वर्षको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख, म्यानचेस्टर सिटी, एट्लेटिको म्याड्रिड, बोरुसिया डर्टमण्ड, आर्सनल, बार्सिलोना र रियल म्याड्रिड पुगेका छन्।

ड्र अनुसार साविकको विजेता म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा एटलेटिको म्याड्रिडले भने बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै आर्सनलले बायर्न म्युनिखलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। अर्कोतर्फ फ्रेन्च जायन्ट क्लब पीएसजीले आफ्नो प्रतिद्धन्द्धीका रुपमा बार्सिलोनालाई पाएको छ।
युरोपियन च्याम्पियन्स लिगका क्वाटरफाइनलको पहिलो लेगका खेल अप्रिल ३० र मे १ मा हुनेछ भने दोस्रो लेगका खेल मे ७ र ८ का दिन खेलाइने छ।

कस्ता छन् क्वाटरफाइनल पुगेका टोली र उनीहरुका प्रतिद्धन्द्धी ?

१. रियल म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटी

युरोपिय च्याम्पियन्स लिगमा अहिलेसम्म यी दुई टोली जम्मा १० पटक एकअर्काविरुद्ध खेलेका छन्। म्यानचेस्टर सिटी अघिल्लो वर्षको साविकको विजेता हो भने रियल म्याड्रिड यो प्रतियोगिताकै सर्वाधिक ट्रफी विजेता टोली हो। स्पेनिस जायन्ट रियलले अहिलेसम्म यो प्रतियोगिता १४ पटक जितिसकेको छ।

युरोपिय च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीको पहिलो भेट सन् २०१२ मा भएको थियो। उक्त भेटमा रियलले सिटीलाई ३–२ गोेलले पराजित गर्दै अघि बढेको थियो। यस्तै पछिल्लो पटक यी दुई क्लबको भेट अघिल्लो वर्षको सेमिफाइनलमा भएको थियो। सो सेमिफाइनलको खेल म्यानचेस्टर सिटीले ५–१ गोलले जित्दै प्रतियोगिताकै च्याम्पियन बनेको थियो।

समग्रमा यी दुई टोलीबीच भएको १० भेटमा ४ खेल म्यानचेस्टर सिटीको नाममा रहेको छ भने ३ खेल रियल म्याड्रिडको नाममा रहेको छ। यस्तै ३ खेल बराबरीमा टुंगिएको छ।

जारी सिजन स्पेनिस ला लिगाको ट्रफी आफ्नो नाममा लेखाउन केही खेल मात्र पछि रहेको रियल म्याड्रिडलाई यस पटक सिटीलाई हराउँदै एक वर्ष अघिको हारको बदला लिने सुनौलो मौका रहेको छ भने अर्कोतर्फ सिटीलाई पनि दोस्रो वर्ष पनि बलियो प्रतिद्धन्द्धीलाई क्वाटरफाइनलमै हराएर आफ्नो उपाधि रक्षा गर्ने मौका रहेको छ। यो समूहबाट यहि क्लब नै अघि बढ्न सक्छ भन्ने यकिन गर्न निकै कठिन रहेको छ। तर यो समुह विजेता क्लब यो वर्षको उपाधि दाबेदार बन्ने सबैभन्दा प्रबल सम्भावना रहेको छ।

२. बार्सिलोनाविरुद्ध पिएसजी

बार्सिलोनाविरुद्ध पिएसजीको पहिलो भेट सन् १९९५ मा भएको थियो। उक्त भेटमा पिएसजीले बार्सिलोनालाई २–१ गोलले हराएको थियो। यस्तै पछिल्लो पटक यी दुई क्लबको भेट सन् २०२१ मा भएको थियो।

उक्त भेटमा बार्सिलोनाले ५–२ गोलले जितेको थियो। समग्रमा यी दुई क्लब १३ पटक अर्काविरुद्ध आमने–सामने भएका छन् जसमध्ये ५ खेल बार्सिलोनाको नाममा रहेको छ भने पिएसजीको नाममा ४ खेल रहेको छ। यस्तै ४ खेल बराबरीमा टुङगिएको छ। यो समुहबाट फ्रेन्च क्लब पिएसजी अघि बढ्न सक्ने क्लबका रुपमा हेरिएको छ।

३. एटलेटिको म्याड्रिडविरुद्ध बोरुसिया डर्टमण्ड

एटलेटिको म्याड्रिड र बोरुसिया डर्टमण्ड हालसम्म एकअर्काविरुद्ध २ पटक मात्र आमने–सामने भएका छन्। जसमध्ये १–१ खेल दुबैले जितेका छन्। पहिलो भेट यी दुई क्लबको सन् १९९६ मा भएको थियो।

उक्त भेटमा एटलेटिको म्याड्रिडले २–१ ले जितेको थियो। यस्तै पछिल्लो पटक यी दुई खेल सन् २०१८ मा भएको थियो। उक्त खेल डर्टमण्डले ४–२ गोलले जितेको थियो। समग्रमा २ पटक एकअर्काविरुद्ध आमने–सामने भएका यी दुई क्लबमध्ये एटलेटिको म्याड्रिडलाई अघि जान बढ्न सक्ने क्लका रुपमा हेरिएको छ।

४. आर्सनलविरुद्ध बायर्न म्युनिख

आर्सनल र बायर्न म्युनिखले हालसम्म एकअर्काविरुद्ध १२ पटक खेलेका छन्। जसमध्ये सात खेल बायर्न म्युनिखको नाममा रहेको छ भने ३ खेल इङ्लिस क्लब आर्सनलको नाममा रहेको छ। यस्तै दुई खेल बराबरीमा टुङगिएको छ। पहिलो पटक यी दुई क्लबको भेट सन् २००० मा भएको थियो। उक्त भेटमा दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए।

यस्तै पछिल्लो पटक यी दुई क्लबको भेट सन् २०१७ मा भएको थियो। जुन बायर्न म्युनिखलेले ५–१ गेलले सहजै जितेको थियो। यस पटक पनि जर्मन क्लब बायर्न नै सेमिफाइनलमा प्रवेश गर्न सक्ने क्लबका रुपमा हेरिएको छ।

वैशाख १८ गतेदेखि सुरु हुने क्वाटरफाइनलको खेलमा यो वर्ष रियल म्याड्रिड, म्यानचेष्टर सिटी र पिएसजीलाई उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ। तर बार्सिलोना, बायर्न म्युनिख, आर्सनल र एटलेटिको म्याड्रिड पनि उपाधिका लागि उत्तिकै हकदार टोलीहरु हुन्।

जारी संस्करणको खेल प्रदर्शन र इतिहास पल्टाएर हेर्दा भने रियल म्याड्रिड, म्यानचेष्टर सिटी र पिएसजीलाई नै उपाधिको प्रमुख दावेदार टोली हुन् भन्दा फरक नपर्ला। खेलको नतिजा जे जस्तो आए पनि यो संस्करणको युरोपियन च्याम्पियन्स लिगका खेलहरु निकै रोचक र प्रतिस्पर्धात्मक हुने प्रष्ट छ।

Logo