रवि लामिछानेको ‘रक्षाकवच’ बन्दै एमाले, अब काठमाडौंवासीलाई निःशुल्क स्वास्थ्य सेवा [भिडियाेसहित]

रवि लामिछानेको ‘रक्षाकवच’ बन्दै एमाले, अब काठमाडौंवासीलाई निःशुल्क स्वास्थ्य सेवा [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी बिमला घिमिरे निर्वाचित

कांग्रेसकी उम्मेद्वार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी बिमला घिमिरे निर्वाचित भएकी छिन् । निर्वाचित घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीको पक्षमा १६ मत मात्रै खस्यो।

उपाध्यक्षमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन्। मतदानमा ५५ सदस्य सहभागी रहेका थिए । माओवादीकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्षका लागि निर्वाचन भएको हो।

प्रतिनिधिसभा बैठकः एक अर्कामा दोषारोपण गर्नमै सीमित

प्रतिनिधिसभामा बुधबार पनि कार्यसूचीमा प्रवेश नगरी सबै दलका सांसदहरू समय लिएर एक अर्कामा दोषारोपण गर्नमै सीमित भएका छन्। बैठकको सुरुवातमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी काण्डमा बहालवाला गृहमन्त्रीनै फसेको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागलाई निरन्तरता दिए। जसमा रास्वपाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आपत्ति जनायो भने प्रमुख प्रतिपक्षले विषय उठान गर्दा एमाले पनि सत्तारुढ दलका लागि ‘रक्षकवच’ बनेको छ।

सांसद गुरूङकाे रोकिएको सेवा सुविधा र प्रतिनिधिसभा बैठकमा सहभागी गराउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दर्ता

मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङले रोकिएको सेवा सुविधा र प्रतिनिधिसभा बैठकमा सहभागी गराउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दर्ता गराएका छन्।

काठमाडौंको फनपार्कस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा उनले भ्रष्टाचार गरेको आरोप लागेपछि उनी २०७९ पुस ८ गतेदेखि निलम्बित छन्। उनले सांसद पदको शपथ लिए पनि बैठकमा सहभागिता जनाउन पाएका थिएनन्। तर, हालै सर्वोच्च अदालतले २०८० उनको निलम्बन खारेज गरेको थियो।

कोशी प्रदेशकाे अधिवेशन वैशाख ६ गतेका लागि आह्वान

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन्। दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। तर, विशेष अधिवेशन छल्न मुख्यमन्त्री केदार कार्कीले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँसहित सात पूर्व पदाधिकारीलाई कारबाही गर्न सिफारिस

चिकित्सा शिक्षा जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँसहित सात पूर्व पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन कार्यकारी परिषद्का अध्यक्ष एवं उपकुलपति डा. तीर्थराज खनिया रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेतीलगायतलाई कारबाही सिफारिस गरेको हो।

उनीहरुमाथि मेडिकल कलेज सम्बन्धमा वर्तमान परिस्थितिमा सम्बन्धन दिन नसकिने भनी विधिवत् गरेको निर्णयलाई उचित र पर्याप्त कारण विना उल्लंघन गरेको आरोप छ। साथै आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ।

काठमाडौं विश्वकै अस्वस्थकर सूचीको पहिलो स्थानमा

केही दिनअघि सम्म तेस्रो स्थानमा रहेका काठमाडौंको वायु प्रदूषणको स्थर दिन प्रति दिन बिग्रिदै विश्वकै अस्वस्थकर सूचीको पहिलो स्थानमा परेको छ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । यो अत्यन्तै अस्वस्थकर वायु हो।

आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखाका ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु

सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखा ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु गरिएको छ । त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय मुख्यालय झिकाइएको छ। आगलागीको कारण ठूलो क्षति भएको थियो।

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न मन्त्रालयकाे आग्रह

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेको जनाएको छ। अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ।

काठमाडाैँ महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा अब जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

समझदारी बमोजिम महानगरपालिकाले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ। यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने महानगरको दाबी छ।

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन् । सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन्।

बुधबार सेयर बजार परिसूचक (नेप्से) घट्याे

बुधबार सेयर बजार परिसूचक (नेप्से)१०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम भने ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सिमित रहेको छ।

इजरायली दृष्टिकोण ‘गलत’ छः अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भनेका छन्। अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो जसले गाजा पट्टीमा बढ्दो भोकमरी सङ्कटलाई सम्बोधन गर्न सहायता वितरण बढाउने प्रस्ताव पनि गरेका छन्।

छुम्बी लामालाई नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सदस्यमा मनोनयन गरियाे

राष्ट्रिय खेलकुद परिषद्ले छुम्बी लामालाई नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। क्यानको विधानमा व्यवस्था भएअनुसार उनलाई खेलकुद परिषदको तर्फबाट क्यानको केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको हो।

उनलाई सदस्य सचिवस्तरीय निर्णयबाट मनोनयन गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। परिषदले दुई जना केन्द्रीय सदस्य क्यानमा मनोनयन गर्न सक्ने व्यवस्था छ। अर्का एक केन्द्रीय सदस्यको अझै मनोनयन हुन बाँकी छ।

Logo