बालेनको निर्देशन मान्न थाले स्कूलहरुले, नाउपाभित्रकाे लडाईंकाे परकम्प गठबन्धनमा [भिडियाेसहित]

बालेनको निर्देशन मान्न थाले स्कूलहरुले, नाउपाभित्रकाे लडाईंकाे परकम्प गठबन्धनमा [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

संघीय संसदकाे हिउँदे अधिवेशन अन्त्य

संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको जानकारी गराएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको हो । यसको कांग्रेसले घोर भत्र्सना पनि गरेको छ।

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत हाेः रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। ‘ट्राफिक सचेतना विषेश अभियान २०८१’ को समुद्घाटन गर्दै गृहमन्त्री लामिछानेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन्। सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृतिका कारण धेरै दुर्घटना हुने गरेको उनको भनाई छ ।

निजी विद्यालयहरुले नेपालीपन झल्कने नाम राख्नका लागि गरे प्रस्ताव

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित अधिकांश निजी विद्यालयहरुले नेपालीपन झल्कने नाम राख्नका लागि प्रस्ताव गरेका छन् । यसअघि महानगरले नेपालीपन झल्कने नाम राख्ने प्रकिया अघि बढाउन अल्टिमेटम दिएको थियो । सोहीअनुसार काठमाडौं महानगरभित्र अंग्रेजी वा विदेशी नाम रहेका ३२४ मध्ये १७६ वटा विद्यालयले नेपाली नाम राख्न प्रस्ताव गरेका हुन् । तर, यतिबेला विद्यालयहरुमा भर्ना अभियान चलिरहेका कारण नाम जुराउनेतर्फ सबैले भने ध्यान दिन पाएका छैनन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले दाबी पेश गरेपछि अन्योलता पैदा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले दाबी पेश गरेपछि अन्योलता पैदा भएको छ । सुरुमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका थिए । तर, त्यसलगत्तै एमाले, माओवादी केन्द्र, सभामुख र एक स्वतन्त्र सांसदको समर्थनमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीले दाबी पेश गरेका हुन् । रेमश चौधरी पक्षले लक्ष्मणकिशोरलाई र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षले कैलाशलाई अघि सारेका हुन् । प्रदेश प्रमुखले दुवैको दाबी परेपछि परामर्श गरेर निर्णय लिने बताएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायाे

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। फरार रहेका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको हो । उनीहरुमााथि १ अर्ब २ करोड मागदाबी लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय आदेश कार्यान्वयन गर्न रोक

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय आदेश कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो । पार्टीमा बढ्दो तनावकाबीच आफ्नो निर्देशन पालना नगरेको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएपछि सभामुखले पदमुक्त गरेका हुन् ।

‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष २८ वर्षीय सुजन बागस श्रेष्ठले छेडे जिब्रो

भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्। यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए। जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ।

इजरायलको तेल अभिभमा रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह

इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । इरानले आज बिहानैदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरेपछि दूतावासले नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी भएका अद्यावधिक सूचनाबारेमा जानकार रहन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर निनिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल नजिक रहन आग्रह गरेको हो । आउँदो सोमवार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने निर्देशन जारी भएको दूतावासले जनाएको छ ।

विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार

सरकारले विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि प्राप्त हुने सो अनुदान स्वीकारीएको जानकारी दिएकी हुन्। बैठकले सचिवहरुको सरुवासहित विभिन्न १४ वटा निर्णय पनि गरेको छ।


आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न र बिरामी भएका विमितलाई मात्र स्वास्थ्य बीमाबाट लाभान्वित गराउन यो नियम लागू गरेको बोर्डको भनाई छ । बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो ।

नेप्से परिसूचक आइतबार झिनो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ । विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर रु तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ ।

इरानले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै आक्रमण गर्याे

इरानले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै आक्रमण गरेको छ। इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको हो । तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ। इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ। इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ।


नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अल्बर्टो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। उक्त मैत्रीपूर्ण खेल अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते हुनेछ। राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंग्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो।

Logo