उपनिर्वाचन: बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

उपनिर्वाचन: बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्णरुपमा मतदान भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताएकी छन्।

पूर्व निर्धारित समय अनुसार ७ बजे नै सुरुभएको मतदानमा उत्साहजनक भएर मतदाता सहभागी भैरहेको जोशीको भनाई छ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जोशीले बताईन्।

यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले मतदान गर्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको आज निर्वाचन भैरहेको छ।

आजको प्रतिष्पर्धामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा सहभागी छन्।

Logo