पहिराले कान्तिलोकपथ अवरुद्ध

पहिराले कान्तिलोकपथ अवरुद्ध

केन्द्रबिन्दु
56
Shares

पाटन(ललितपुर)। अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिएको जानकारी अनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए। महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने“अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।”

Logo