सिरहा । जेठ ७ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले एउटा सार्वजनिक सूचना जारी गर्यो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपण उक्त सूचनामा जनाइएको छ । सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र…