ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग

काठमाडौँ। पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे । त्यस अवसरमा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको बताए । उनले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका…

Logo