काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ । बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी…