काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ…