टीकापुरः बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ । महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उनले भने, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ ।” महायज्ञबाट…