काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद समाधान गर्न माग राखेको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद वार्ताद्वारा समाधान गर्न सबै पक्षमा आग्रह गरेको हो । विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने…