काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । बैंकको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा रहेको पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा असोज १६ गते पुस्तकालय समुद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु…