सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा ल्याएको छ । बिहीबार आयोजित एक समारोहबीच सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नयाँ सोरुम उद्घाटन गरेका हुन् । सो अवसरमा सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला…