फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब रु २३ लाख बराबरको सिक्का गणना गर्न थालेको हो। पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट र सिक्का चढाउने तथा दान गर्ने गर्दछन्। २०७६ सालयताका भारु सिक्का करिब दश लाख…