नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासंघको अध्यक्षको रूपमा पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट महासङ्घको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन् । ढकाल महासंघको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष बनेका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित…