विराटनगर। माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनियाहरू चिन्तित छन्। जाडो सुरु भएसँगै व्यस्त हुने पेशा यस वर्ष काम नपाउँदा पीडादायी बनेको छ। स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेशाबाट पाँच जनाको परिवार पाल्दै आएका उनले ग्राहक घटेपछि…