नाडा अटोमोवाइल्स एशोसिएसनअफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीका बिच पुगेका छन्। पोखराको एक ब्याङक्वेटमा थापाको टीम र त्यहाँका स्थानिय व्यवसायीबीच अन्तर्क्रिया कार्यक्रम आयोजना भएको हो। नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका ध्रुव थापा लगायतका उनका सम्पूर्ण उम्मेद्वार सदस्यसहित भएको कार्यक्रममा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार…