काठमाडौं । लेम्फीले लन्डनमा बसोबास गर्ने आप्रवासीहरूका लागि बेलायतको क्लियरबैंकसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ सेवा सुरु गरेको छ । बेलायतमा पहिलोपटक यस्तो सेवा सुरु गरिएको जनाउँदै कम्पनीले यसबाट २० लाख बढी ग्राहकले मासिक बचतमा दैनिक ब्याज आर्जन गर्नसक्ने जनाएको छ । योसँगै बेलायतमा बसोबास गर्ने आप्रवासीले समेत लेम्फीको नयाँ सेवाबाट लाभ लिन सक्नेछन् ।…