काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का सञ्चालक डा. सुनिलकुमार शर्माको टाेलीले रामेछापमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालमा पुगेर सो स्वास्थ्य शिविर गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा रस्नालुसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न प्रकृतिका ११ सय ५५ बिरामीको निःशुल्क उपचार गरिएको…