रामेछाप - रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू सेवा सुरु भएको छ। सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ। जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आईसीयू कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ। जिल्लामा आईसीयू उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु…