वीरगन्जका २१ कैदीबन्दीले जिते कोरोना

वीरगन्ज ।वीरगन्ज कारागारका २१ जना कैदीबन्दीले कोरोना जितेका छन् ।कारागारकै आइसोलेसनमा उपचार गराइरहेका कैदीबन्दीको रिपोर्ट निगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।आज कोरोना जितेर डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एकजना बालक छन् ।आइसोलेसनमा उपचाररत २५ कैदीबन्दीमध्ये २१ जना निको भएका हुन् ।

Logo