हेटौंडा ।मकवानपुरको हेटौंडामा पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय पुरुष तथा हेटौंडा १९ की ६२ वर्षीया एक महिला रहेका छन् । उनीहरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो।सोमबार स्वाब नमूना परीक्षणका लागि दिएका बृद्धको मंगलबार मृत्यु भएको र उनको बुधबार संक्रमण रहेको नतिजा आएको थियो…