ललितपुर ।ललितपुरको पाटन अस्पतालमा उपचार गराईरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।संक्रमण देखिएपछि उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।भक्तपुर सूर्यविनायककी ६१ वर्षीया ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।