सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । आइतबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको भवन शिलान्यास गर्दै…