काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको ‘ए’ ग्रेड प्रयोगशाला अल्फा केयर डायग्नोस्टिक सेन्टरले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अल्फाबिटामै शनिबार बिहान ७ देखि १२ बजेसम्म सञ्चालित यस स्वास्थ्य शिविरमा स्थानीय समुदायका धेरै मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो । शिविरमा सहभागीहरूले, निःशुल्क डाक्टर चेक-अप निःशुल्क मधुमेह र बीएमआई परीक्षण, रक्त…