देशकै ठूलो तरकारी बजार कालीमाटीको खुद्रा र किसान बजार बन्द गरे पनि भीडभाड नियन्त्रण हुन सकेको छैन। जसले गर्दा बजारमा स्वास्थ्य जोखिम बढेको छ। खुद्रा र किसान बजारमा तरकारी कारोबार गर्ने व्यापारीले बजारबाहिर सडकपेटीमै बसेर खुला रूपमा व्यापार गर्न थालेपछि झनै जोखिम बढेको हो। खुद्रा तरकारीको व्यापारका कारण कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय…