भारतसँग सीमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ। भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। ‘खुला र अनियन्त्रित आवागमनले…