कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार नयाँ मन्त्री नियुक्त गरेका हुन्। शुक्रबार मात्र प्रदेशसभामा विश्वासको मत पाएका मुख्यमन्त्री शाहीले तीनजना नयाँ मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा फ्लोर क्रस गरेका एमालेका तीन सांसद मन्त्री नियुक्त भएका हुन्। एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये…