जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् ।दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारवाहीको चेतावनी दिएको जनाइएको छ ।बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली…