पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त आन्दोलन गरे केपी ओली नेतृत्वको वर्तमान सरकार एक हप्तामा ढल्ने दाबी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुरामले शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘केपी ओलीको असंवैधानिक कदमकोविरुद्ध नेकपा सडकमा छ । नेकपासहित सबै पार्टी मिलेर एक हप्ता सडक संघर्ष गर्ने…