कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत पाठ्यक्रममा रहेका विष्यवस्तुको न्यून सिकाइ समेत हासिल गर्नै नसकेको भेटिएको हो । केन्द्र कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन…