असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मनाङ अहिले सडक सम्पर्कविहीन छ । डुम्रे–बेंसीसहर–चामे सडक खण्डको दर्जन बढी स्थानमा पहिरो खसेको र सडक बगेको छ । जसले गर्दा यातायात ठप्प छ । दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीलगायत ढुवानी हुन सकेको छैन । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर सुरज मर्हजनले यसपटक बाढीपहिरोले सडक पूर्वाधारमा सबैभन्दा बढी क्षति मनाङमा भएको दाबी…