एजेन्सी,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन् । कार्यक्रमका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पठाएको नोट…