पाटन (ललितपुर) । वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले चिडियाखानालाई विस्तार गर्दै वन्यजन्तुमैत्री वातावरण सृजना गरी वन्यजन्तु संरक्षणमा सबै लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित समारोहमा मन्त्री ठकुरीले सदर चिडियाखानाको विस्तार गर्दै पूर्वाधार विकासमा संरक्षण साझेदार र विज्ञहरूको…