काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका जयनारायण आचार्यलार्ई काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा…