नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन दिएको छ। शुक्रबार सबै इन्टरनेट प्रदायकहरूलाई पत्रचार गर्दै प्राधिकरणले भनेको छ, ‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५…