काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घट्टेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।
अनामनगर पूर्वीगेट हुँदै हनुमानस्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो हस्पीटल अगाडि, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घट्टेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया