नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन दिएको छ।
शुक्रबार सबै इन्टरनेट प्रदायकहरूलाई पत्रचार गर्दै प्राधिकरणले भनेको छ, ‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ ।’
टिकटकले सामाजिक सद्भाव खलबल्याउन प्रमुख भूमिका खेलेको भन्दै सरकारले गत २७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएको थियो। त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको हो । तर, टिकटक चलेको थिएन किनकी इन्टरनेट प्रदायकहरूलाई प्रतिबन्ध हटाउन अनुमति दिइएको थिएन । अब भने टिकटकमाथिको प्रतिबन्ध पूर्णरुपमा हट्नेछ ।
प्रतिक्रिया