जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन्। मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे। कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी थिए।…