झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन्। मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन्। चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन्। प्रत्येक १२/१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए। ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई भएको छ,’ एक मजदुरले…