महोत्तरी: महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका जिल्लाका जनप्रतिनिधि र विभिन्न नगरका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उत्साहित भएका हुन् । “हामीले भिठ्ठामोर भन्सारको सुक्खा बन्दरगाह सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख…