काठमाडौंकाे धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ । करिव १ महिना अगाडिदेखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चादेखि ठूलासम्मले खेलको मनोरन्जन लिन सक्नेछन्। आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन…