चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ। रत्ननगर-४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्। “तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर…