नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्देश शर्माले असुल गरिएको रकम समेत हिनामिना गरेर धन्दाका साझेदारलाई धोका दिएको खुलेको छ। प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थीबाट असुल गरिएको रकम सरकारी गाडीमा राखेर नयाँ बानेश्वरस्थित सन्देशले सञ्चालन गरेको सशुल्क पार्किङस्थित भाडाको घरमा जम्मा गरिन्थ्यो। र आपसमा बाँडफाँड गरिन्थ्यो। सोही क्रममा सन्देशले असुल गरिएको १० करोड रुपैयाँ…