सेती नदी किनारको खोचमा खसेकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा महानगरपालिका-८, नागढुंगाकी स्मृति पराजुली घुम्न जाने क्रममा खोचमा खसेकी थिइन् । दिउँसो ३ बजेतिर पोखरा-१५ स्थित सेती खोचमा खसेकी उनलाई साढे दुई घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको थियो । उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो…