झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका वडा नं ८ बस्ने २१ वर्षीय योसन लिम्बु रहेका छन् । उनको बि एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा २० प ३२७८…