पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ नहुने भएको छ । काठमाडौं जिल्ला अदालतले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि आज न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाँचौँ…