काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ । “काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो भने केही खुल्न सक्छ ।” कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन…