काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईँलाई पक्राउ गर्नुपर्ने कारण न्यायालयमा पेश गर्न आदेश दिएको छ। भक्तपुरस्थित निवासबाट सुरक्षा कर्ताहरूले उनलाई पक्राउ गरेपछि, अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई रिट दायर गरेका…